जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

संवैधानिक निकायका५२ पदाधिकारीको नियुक्तिविरुद्धको रिटमा जेठ २८ गते फैसला आउने

ललितपुर । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिविरुद्धको रिटमा २०८२ जेठ २८ गते फैसला सुनाउने जनाएको छ ।

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिका विषयमा परेको रिटमाथि सुनुवाइ सकिएलगत्तै जेठ २८ का लागि निर्णय सुनाउने दिन तोकिएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार संवैधानिक इजलासमा २०८२ जेठ १ गते सुनुवाइ सकिएपछि जेठ १६ गतेभित्र बहस नोट पेश गर्न आदेश भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा २०८१ माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखी सुनुवाइ भइरहेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक गरी ५२ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गर्नु भएको थियो ।

संसद् विघटन भएका बेला संसदीय सुनुवाइ नै नगरी नियुक्त भएका ती पदाधिकारीहरूको नियुक्ति गैरकानूनी तथा असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले रिट दायर गर्नु भएको थियो ।

त्यतिबेला नियुक्ति पाएका कतिपय अवकाश भइसकेका छन् भने केही अवकाशको तयारीमा छन् ।

Share the News

Recent News

Related News