जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

महिलाका मुद्दामा सचेत हुन आग्रह

रुपन्देही । रुपन्देहीका महिला अधिकारकर्मीले महिलाका मुद्दामा अधिकांश दलहरू सचेत नभएकाले बताएका छन् । अब महिला सशक्तीकरणमा ध्यान दिनेहरूलाई मत दिने अधिकारकर्मीहरूले उल्लेख गरे । 

देशमा भएका परिवर्तनसँगै हरेक चरणका निर्वाचनको प्रचारमा महिलाको सक्रियता बढी हुने गरेकाले यसको मूल्यांकन हुनुपर्ने उनीहरूको माग छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी बुटवल १३ ले आयोजना गरेको महिला भेला तथा मतदाता शिक्षा कार्यक्रमका सहभागीले महिलाका मुद्दामा अधिकांश दलहरू गम्भीर नदेखिएको गुनासो गरे । अन्य दलका तुलनामा एमालेले महिला हक र अधिकारलाई जोड दिँदै आएकाले यो निर्वाचनमा एमाले उम्मेदवारको पक्षमा मतदान गर्ने उनीहरूको भनाइ छ । देशमा भएका पटकपटकका आन्दोलनले व्यवस्था परिवर्तन भएपनि अब महिलाको अवस्था परिवर्तन गर्न प्रतिबद्ध दलका उम्मेदवारलाई भोट हाल्ने महिलाहरूले बताए ।

भेलामा रुपन्देही क्षेत्र नम्बर २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले निर्वाचनको प्रचारमा महिला सहभागिता र सक्रियताको प्रशंसा गरे । पार्टी सधैं महिला हक र अधिकारका लागि प्रतिबद्ध रहेको बताउँदै उनले अबका दिनमा पनि सशक्तीकरणका कार्यक्रम ल्याउने बताए । राजनीतिप्रतिको वितृष्णा हटाउन प्रतिबद्धता अनुसारका काम गर्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज गुमादेवी आचार्यले मंसिर ४ को निर्वाचन एउटा युद्ध भएकाले जसरी पनि जित्न जरुरी रहेको बताइन् । एमालेले जिते मात्रै परिवर्तनका लागि भएका आन्दोलनका उपलब्धि जोगिने भएकाले सचेत भएर पार्टी हितका लागि अझै सक्रिय भएर लाग्न महिलाहरुलाई आव्हान गरे ।

Share the News

Recent News