पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा चट्याङ लागेर दुई जनाको ज्यान गुमेको छ । २०८२ बैशाख १४ गते दिउँसो १ बजे चट्याङमा परेर संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत कुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राईको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो ।
करिब ३८ सय मिटरको उचाइमा रहेका उनीहरु त्यहाँ मजदुरी गर्न पुगेका जनाइएको छ । उक्त स्थानमा पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा हुँदै गरेको पदयात्रा मार्ग बिस्तारका लागि ९ जना मजदुर खटिएकोमा बाँकी ७ जना भने सुरक्षित रहेका छन् ।
काम आइतबारबाटै सुरु भएको हो । ज्यान गुमाउनेहरुको शव हिउँले पुरिएको अवस्थामा रहेकाले निकाल्नको लागि प्रहरी टोली परिचालित गरिएको पनि कास्की प्रहरीले जानकारी दिएको छ