ललितपुर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान, केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र बागमती प्रदेश सदस्य शैलेन्द्र राउत नेकपा एमालेमा फर्किएका छन् ।
तीनै जनालाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, सचिव योगेश भट्टराई लगायतले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नु भएको छ ।
महासचिव पोखरेलले नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।