जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

भारतमा ‘द वायर’ अनलाइनमाथि प्रतिबन्ध

ललितपुर । भारत सरकारले भारतीय अनलाइन समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएको छ । भारत र पाकिस्तानबिच भइरहेको तनावबिच यसका सामग्रीलाई लिएर सरकारले प्रतिबन्ध लगाएको द वायरले जनाएको छ ।

‘हामी भारतको लागि यो महत्वपूर्ण समयमा यो निर्लज्ज सेन्सरशिपको विरोध गर्दछौँ ।’ द वायरले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको छ । द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, कम्तिमा दुई ओटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएका छन् ।

Share the News

Recent News

Related News