सात दल र माओवादीबिच भएको १२ बुँदे समझदारी
१२ बुँदे समझदारी नेपालमा लामो समयदेखि चल्दै आएको निरङ्कुश राजतन्त्र र लोकतन्त्रबिचको सङ्घर्ष आज अत्यन्तै गम्भीर र नयाँ मोडमा पुगेको छ । विगत दस वर्षदेखि जारी सशस्त्र द्वन्द्वको अग्रगामी राजनीतिक निकासद्वारा समाधान गर्दै शान्ति स्थापना गर्ने आजको आवश्यकता भएको छ । त्यसैले निरङ्कुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरूको समाधान गर्न राज्यको अग्रगामी पुनसंरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्न अपरिहार्य आवश्यकता भएको छ । देशमा विद्यमान उक्त परिप्रेक्ष्य र सन्दर्भमा संसद्भित्रका सात राजनीतिक दलहरू र नेकपा (माओवादी) बिच विभिन्न ढङ्गले वार्ता भई निम्न प्रकार समझदारी भएको कुरा सार्वजनिक गर्दछौँ । समझदारी भएका बुँदाहरूः
१. आज देशमा लोकतन्त्र, शान्ति, समृद्धि, सामाजिक अग्रगमन तथा स्वतन्त्र सार्वभौम नेपाल आम नेपाली जनताको प्रमुख चाहना हो। त्यसका निम्ति प्रमुख बाधक निरङ्कुश राजतन्त्र हो भन्ने कुरामा हामी पूर्ण सहमत छौ। निरङ्कुश राजतन्त्र अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले निरकुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरूले निरङ्कुश राजतन्त्रका विरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर निरङ्कुश राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने समझदारी भएको छ ।
२. आन्दोलनको शक्तिले ससको पुनस्र्थापन गर्ने र त्यसको निर्णयले अधिकार सम्पन्न सर्वदलीय सरकार, माओवादीसंग वार्ता र सहमतिका आधारमा संबिधानसभाको निर्वाचन गरी पूर्ण लोकतन्त्र स्थापना गरेर नै देशमा विद्यमान द्वन्द्रको समाधान गर्न सकिन्छ र सार्वभौमसत्ता र राजकीय सत्ता पूर्णरूपले जनतामा स्थापित गर्न सकिन्छ भन्ने कुरामा आन्दोलनरत सात राजनीतिक दलहरू पूर्ण प्रतिवद्ध छन् । आन्दोलनरत लोकतान्त्रिक शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसको निर्णयले अन्तरिम सरकार बनाई संविधानसभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल गर्न सकिन्छ भन्ने नेकपा (माओवादी। को धारणा र प्रतिवद्धता रहेको छ। यो प्रक्रियागत कार्यसूचीको विषयमा आन्दोलनरत सात राजनीतिक दल र नेकपा (माओवादी) बिचमा संवाद चलाउँदै जाने र साझा सहमतिको खोजी गर्ने समझदारी बनेको छ । उक्त लक्ष्य हासिल गर्न जनआन्दोलनको शक्ति नै एक मात्र विकल्प हो भन्ने कुरामा समझदारी भएको छ ।
३. देशले आज सशस्त्र द्वन्द्रको सकारात्मक समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ। त्यसैले हामी निरङ्कुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियागत आधारमा आउने संविधानसभाको निर्वाचन र पूर्ण लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा देशमा विद्यमान सशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ सङ्कल्पित छौ । यस प्रक्रियाद्वारा शान्तिपूर्ण नयाँ राजनीतिक धारमा अघि बढ्न नेकपा (माओवादी) प्रतिवद्धता व्यक्त गर्दछ । यसै सन्दर्भमा निरङ्कुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसङ्घ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने समझदारी भएको छ। वार्ता प्रक्रियामा समेत भरपर्दा अन्तर्राष्ट्रिय समुदायको सलग्नतालाई हामी अपेक्षा गर्दछौँ ।
११. लोकतन्त्र शान्ति, समृद्धि, अग्रगामी सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राखेर भएका हाम्रा यी समझदारीका आधारमा सञ्चालित हुने शान्तिपूर्ण जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आन्दोलनलाई सफल बनाउन हामी नागरिक समाज, पेसागत समुदाय, जनवर्गीय सङ्घ–सङ्गठनहरू सबै जाति र क्षेत्रका जनता, पत्रकार जगत्, बुद्धिजीवीहरू र आम नेपाली जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।
१२. विगतमा दलहरूबिच भएका अनुपयुक्त व्यवहारहरूको सन्दर्भमा दल विशेषले आपत्ति जनाएका र छानबिनको माग गरेका घटनाहरूको सम्बन्धमा छानविन गर्ने र दोषी पाइएमा दोषीलाई कारवाही गरी सार्वजनिक रूपमा जानकारी गराउने साझा प्रतिबद्धता व्यक्त भएको छ । अब उपरान्त दलहरूबिच समस्या उत्पन्न भए सम्बन्धित तह वा नेतृत्व तहमा छलफल गरेर संवादको माध्यमवाट समस्याहरूको समाधान गर्ने रामझदारी भएको छ ।
हस्ताक्षरकर्ताः
गिरिजाप्रसाद कोइराला सभापति, नेपाली कांग्रेस
पुष्पकमल दाहाल– अध्यक्ष, नेकपा माओवादी
माधवकुमार नेपाल– महासचिव, नेकपा एमाले
नारायणमान बिजुक्छे– अध्यक्ष, नेपाल मजदुर किसान पार्टी
सीपी मैनाली अध्यक्ष, वाम मोर्चा
अमिक शेरचन अध्यक्ष, जनमोर्चा नेपाल
शेरबहादुर देउवा सभापति, नेपाली कांग्रेस (प्रजातान्त्रिक)
भरतबिमल यादव उपाध्यक्ष, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)
मिति २०६२ मङ्सिर ७ गते