जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

रिह्याब सेन्टरमा सिन्धुपाल्चोकका तामाङको मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडीखेलस्थित रिह्याब सेन्टरमा सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको छ । विश्वास नेपाल रिह्‌याब सेन्टरमा राखिनु भएका घिसिङलाई गएराति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको बताइएको छ ।

चिकित्सकहरुले उहाँको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जानकारी दिनु भयो । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ का घिसिङका आफन्तले बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ । घटना के कसरी भयो ? घटनामा बाहिरी कारण छन् छैनन् लगायतका प्रश्नको उत्तर खोज्ने गरी घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको प्रहरीले जनायो । 

रिह्‌याबका सञ्चालक गोदावरी नगरपालिका–१२ घर भएर तीनकुने बस्ने ४५ वर्षीय सुजन महर्जन, कर्मचारीहरुहरु ३४ वर्षीय भाष्कर बुढाथोकी र ४५ वर्षीय अनुज नेपालललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

Share the News

Recent News

Related News