जनचासो

२०८२ जेष्ठ ११ गते
00: 00: 00
२०८२ जेष्ठ ११ गते

सुनगाभाको १९ औँ साधारणसभाः नयाँ नेतृत्वमा टङ्क लामा

सुनगाभा साहित्य सदनको १९ औँ साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । महांकाल गाउँपालिकाको चन्दनपुरमा २०८२ जेठ १० गते सम्पन्न साधारणसभाले टङ्क लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सो अवसरमा सुनगाभा साहित्य सदनको अर्धवार्षिक मुखपत्रको २८ औँ अङ्क लोकार्पण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

यसै अवसरमा वरिष्ठ साहित्यकार प्रा. डा. कृष्णप्रसाद दाहाललाई काव्यिक अभिनन्दन गरिएको थियो । कार्यक्रममा कविता, मुक्तक र गजल वाचन गरिएको थियो ।

सुनगाभा साहित्य सदनको उपाध्यक्षमा भूमिनन्द घिमिरे, सचिवमा रामेश गौतम, सहसचिवमा दिपेश तिमल्सिना र कोषाध्यक्षमा विदुर घिमिरे निर्वाचित हुनुभएको छ । 

त्यसैगरी समितिको सदस्यहरूमा कमल तिमल्सिना, शम्भुप्रसाद प्रसाइँ, मीना घिमिरे, कुमार तिमल्सिना, किरण दुलाल र जयराम दाहाल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक साहित्यकार रत्न विरही घिमिरेले बताउनु भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष रामसुन्दर केसीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विदुर घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा महांकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले महांकाल गाउँपालिकामा साहित्यको क्षेत्रबाट उल्लेखनीय योगदान भइरहेको बताउनु भएको छ ।

उपाध्यक्ष गोलेले यस क्षेत्रको कला, संस्कृति र साहित्यको विकासमा सुनगाभाले योगदान पुर्‍याउँदै आएको बताउनु भएको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार गोविन्दप्रसाद पराजुली, सल्लाहकार गोपाल सञ्जेल, रत्न विरही घिमिरे लगायतले समाज विकासका लागि साहित्यको माध्यमबाट पुग्ने टेवाबारे धारणा राख्नु भएको थियो ।

Related News