जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

पत्नीको हत्यापछि आत्महत्या

पोखरा । पोखरा मनपा-१७ का ५८ वर्षिय ऋषिराम बरालले २०८२ बैशाख २२ गते पत्नीको हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी झगडाका कारण पत्नी देवीमाया पराजुलीको हत्या गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

दुईजना पत्नी मध्ये कान्छीसँग बस्दै आएका बरालले कान्छीलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनु भयो ।

बस्नेतका अनुसार घरायसी झगडा हुँदा यस्तो दुर्घटना निम्तिएको हो । पत्नीको हत्या गरेपछि बरालले आत्महत्या गरेको अनुसन्धानले देखाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।

Share the News

Recent News

Related News