ललितपुर । नेपाली चलचित्र खेल २०८२ बैशाख १२ गतेबाट प्रदर्शनमा आएको छ । नेपाली चलचित्रको प्रदर्शन सुरू शुक्रबार गर्ने गरिएको छ ।
सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य अभिनय रहेको ‘खेल’ नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।
अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका चार जना साथीहरूको कथा फिल्मले देखाउने र तिनै साथीहरूको विगतको भयानक घटनाले पछ्याइरहेको हुने बताइउको छ ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता हुन् भने सह–निर्माता कुणानराज गुरुङ र रहिशराज महर्जन रहनुभएको छ ।
फिल्मकी अभिनेत्री सुरक्षा पन्तले लोकतन्त्रका पक्षमा सटीक उत्तर दिएबापत अहिले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक टिकाटिप्पणी भइरहेको छ । यद्यपी पन्तले लोकतन्त्रको पक्षमा नेपाली संविधान र आफ्नो स्पष्ट विचार प्रस्तुत गर्नु भएको छ ।
रजतपट पत्रकार प्रकाश सुवेदीले लिनुभएको अन्तर्वार्तामा उहाँले सो कुरा स्पष्ट रुपमा राख्नु भएको हो ।
सुरक्षा पन्तसँग प्रकाश सुवेदीले गर्नुभएको कुराकानी सुन्न र हेर्नका लागि यहाँ क्लिक गर्नुहोला