जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

अनेमसङ्घ (समाजवादी) को अध्यक्षमा सिग्देल

ललितपुर । नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत चयन हुनुभएको छ । 

२०८२ जेठ ४ गते सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको अनेमसङ्घ इञ्चार्ज जयन्ती राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार सङ्घको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन हुनु भएको छ ।

उपाध्यक्षहरूमा क्रमशः उषा पोखरेल, अनारकलिम मियाँ, लिना खान, देवी ओली, गीता सोडारी, र भगवती नेपाल पनि सर्वसम्मत चयन हुनु भएको छ ।

Share the News

Recent News

Related News