ललितपुर । चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भइरहेको छ । ८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो ।
समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई उहाँले चित्रमा उतार्नु भएको छ ।
उहाँका चित्रहरू यथार्थवादी त लाग्छन् नै; त्यसमा ऐतिहासिकता पनि प्रस्टसँग समेटिएको पनि भेटिन्छन् ।
विभिन्न संस्कृति र जनजीवनका कतिपय चित्रकला चित्रकार शर्माले आफ्नो बाल्यकालीन स्मृतिमा आधारित भएर क्यान्भासमा उतारेको बताउनु भयो ।