जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

दोस्रो कोशी खुला गल्फ प्रतियोगिता: विराटनगरका गुप्ता नेट विजेता

निशान्त ढुङ्गाना, विराटनगर ।

कोशी प्रदेश गल्फ सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता हुनुभएको छ ।

आज २०८१ बैशाख १३ गते धरानस्थित धरान गल्फ क्लबको गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अङ्कसहित गुप्ता विजेता हुनुभएको हो ।  नेटतर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल हुनुभएको थियो भने तेस्रो स्थानमा राजीव घिमिरे रहनुभएको थियो ।

प्रतियोगिताको ग्रसतर्फ ३ अन्डर अङ्कसहित सुमन परियार विजयी हुनुभएको थियो भने उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाउनु परेको थियो ।  त्यस्तै,  जुनियरतर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता हुनुभएको थियो ।

प्रतियोगिताको सिनियरतर्फको खेलमा तुलसी लिम्बू जित्दा विजय राई दोस्रो स्थानमा रहनुभएको थियो । महिलातर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र सुमित्रा लिम्बू उपविजेता हुनुभएको थियो ।  प्रतियोगितामा विश्व गुरुङले नियरेस्ट टु द पिन, सरोज थापाले मष्ट बर्डिज  र धिरज लिम्बूले लङ्गेष्ट ड्राइभ जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजयीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सङ्घका अध्यक्ष प्याकुरेल लगायतले ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

Share the News

Recent News

Related News