जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगलाई क्रियाशील बनाइने नीति

ललितपुर । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगलाई क्रियाशील बनाउने नीति तथा कार्यक्रम ल्याएको छ ।


सरकारको नीति तथा कार्यक्रम २०८२ बैशाख १९ गते सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुवै आयोगलाई क्रियाशील बनाइने उल्लेख गर्नु भएको छ ।


आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रममार्फत् सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई क्रियाशील बनाउने सरकारले लक्ष्य लिएको छ ।

विस्तृत शान्ति सम्झौतापछिका हरेक वर्ष सार्वजनिक नीति तथा कार्यक्रममा सङ्क्रमणकालीन न्यायको मुद्दा प्राथमिकतामा परेको भएपनि कार्यान्वयनमा प्राथमिकता पर्न सकेको छैन ।

Share the News

Recent News

Related News