जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

चलचित्रको गीत-‘लास्ट च्वाँक छे यार’

ललितपुर । यही चैत २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, सङ्गीत तथा मिक्सिङ र मास्टरिङ छ ।

‘द पिक स्टुडियो’मा रेकर्ड गरिएको गीतमा निर्देशक कृषा चौलागाईंको शब्द छ भने गीतको रेकर्डिस्ट दिनेश राजबाहक हुनुहुन्छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ । तराईमा खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

 

Share the News

Recent News

Related News