जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञको उत्साह थपिएको आयोजकको भनाई

मधु पन्थी, पोखरा ।

बैशाख १३, २०८२ मानवसेवा फाउण्डेशनको आयोजनामा २०८२ बैशाख १३ गते पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ । बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए ।

 र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्‍यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो ।

 महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्‍यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताउनुभयो । “यो र्‍यालीले महायज्ञप्रतिको उत्साहलाई अझै बढाएको छ। पोखरेली जनताको सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ ।” -उहाँले भन्नुभयो ।

 र्‍यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति थप उत्साह जागेको आयोजकले जनाएको छ। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सबैमा अपिल गरेको छ ।

हिजो २०८२ बैशाख १२ गते मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा ट्याक्सी र्‍याली निकालिएको थियो । बैशाख १७ गते देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उदेश्यले र्‍याली आयोजना गरिएको सस्थाका व्यवस्थापक बिष्णु थापाले बताउनु भयो ।

Share the News

Recent News

Related News