जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

खुकुरी प्रहार गरी जेठीसासूको हत्या, ज्वाईँ पक्राउ

विराटनगर । इलाम जिल्लाको माई नगरपालिका–४ सिंजालीटारमा ज्वाईंले खुकुरी प्रहार गरी जेठीसासूको हत्या गरेको घटना सार्वजनिक भएको छ । माई नगरपालिका–४ शुक्रबारेका शान्तिराम दुलालले सोही ठाउँकी जेठीसासू भूमिका चापागाईलाई २०८२ बैशाख १२ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईले बताउनु भयो ।

साँझ ७ बजेको समयमा छिमेकीकोमा दुध लिन जाँदै गरिकी चापागाईलाई ज्वाइँले खुकुरी प्रहार गरेपछि कन्चट र गर्धनमा गहिरो चोट लागेको थियो । चापागाईलाई उपचारका लागि माई अस्पताल हुँदै वि एण्ड सी अस्पताल विर्तामोड पुर्‍याइएको भएपनि रातको १०:२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितलाई बैशाख १२ गते साँझ नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम लगिएको छ ।

Share the News

Recent News

Related News