जनचासो

२०८२ जेष्ठ १८ गते
00: 00: 00
२०८२ जेष्ठ १८ गते

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति निगरानी समितिको आपत्ति

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ जेठ ११ गते नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा दिनुभएको भड्काउने अभिव्यक्तिप्रति जबाफदेहिता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीले २०८२ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजतन्त्र समर्थकहरूले गर्ने विरोध प्रदर्शनलाई लक्षित गर्दै भन्नु भएको थियो-‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस् ।’

समितिले यस्तो अभिव्यक्ति प्रधानमन्त्रीको संवैधानिक दायित्व र पद तथा मर्यादाविपरीत भएको ठहर गरेको छ।

समितिका अनुसार, कुनै पनि व्यक्ति, संस्था वा दलले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु संविधानले दिएको अधिकार हो । तर, प्रधानमन्त्रीको ओहदामा रहेका व्यक्तिले अर्का दलका कार्यक्रमहरूमा हस्तक्षेप गर्न उक्साउने अभिव्यक्ति दिनु पदीय मर्यादाविपरीत र अस्वीकार्य छ।

सरकार प्रमुखबाटै विरोधलाई संयमित र शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा निषेध र उत्तेजना फैलाउने अभिव्यक्तिले जनतामा द्वन्द्व र मुठभेड निम्त्याउन सक्ने भएकाले यो चिन्ताजनक र खेदजनक पनि रहेको समितिले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई आफ्नो संवैधानिक जिम्मेवारी याद गराउँदै समितिले विरोध कार्यक्रमलाई शान्तिपूर्ण र संयमित बनाउन आयोजक पक्षलाई पनि अपील गरेको छ।

Related News