जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

राजतन्त्र स्वीकारिन्न-प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने ठोकुवा गर्नु भएको छ । २०८१ चैत २६ गते मधेश प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो ठोकुवा गर्नु भएको हो ।  

उहाँले दुई-चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने बताउनु भयो । 

तन्नेरी पुस्तालाई राजतन्त्र र गणतन्त्रका बिचमा हुने फरकबारे सचेतना जगाउनु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा दल एकसाथ रहेको पनि उल्लेख गर्नु भयो ।

‘२१औं शताब्दीमा राजतन्त्र स्वीकार्न सकिन्न ।’-ओलीले भन्नु भयो-‘कोही जन्मिँदै राजा हुने र अरु रैती हुने व्यवस्था मानिँदैन । सचेत राजनीतिक दलले त झन् मान्ने कुरा नै भएन ।’

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र लडेर र बलिदानीबाट आएको भन्दै यो प्रणालीलाई सुव्यवस्थित तरिकाले अगाडि बढाउन राजनीति दल अग्रसर हुनुपर्ने बताउनु भयो ।

Share the News

Recent News

Related News