ललितपुर । गोदावरी नगरपालिका-६, टिकाभैरवमा महाकाल गाउँपालिकाको कालेश्वरबाट दुध तरकारी ल्याउँदै गरेको मिनी टाटा दुर्घटना हुँदा सवारीचालकसहित तीन जना घाइते भएका छन् ।
प्रहरी वृत्त चापागाँउका अनुसार २०८२ बैशाख १३ गते बिहान ११ बजे ब्रेक फेल भएर सो सवारी टिकाभैरव पुलमा दुर्घटना भएको हो ।
घाइते हुनेमा सवारी चालक ध्रुवप्रसाद तिमल्सिना, निरज तिमल्सिना र सृजना सापकोटा रहेका जनाइएको छ । घाइते तीनै जनाको अवस्था सामान्य रहेको र सामान्य उपचारपछि फर्किएको प्रहरीले जनायो ।