जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

माधव नेपाल र केपी ओलीको भेट, दुई घण्टा कुराकानी

ललितपुर । नेकपा एकीकर्त समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच २०८२ बैशाख १७ गते दुई घण्टा कुराकानी भएको छ ।

नेकपा एकीकृत समाजवादीले सरकारसमक्ष राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारको विषय समेटेर मागपत्र पेश गर्ने सन्दर्भमा सो भेट भएको हो ।

अध्यक्ष माधवकुमार नेपालसहितका नेताले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर मागपत्र बुझाएका हुन् ।

नेकपा एसले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नारासहित कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि विभिन्न सुझाव दिएको छ ।

नेकपा एसले मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

Share the News

Recent News

Related News