मधु पन्थी, पोखरा ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा महानगरपालिका वडा नं ३३ मा दीर्घकालिन पुन:स्थापना केन्द्र सञ्चालनमा आएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २०८२ जेठ १६ गते उद्घाटन गर्नु भएपछि यो केन्द्र सञ्चालनमा आएको हो ।

मुख्यमन्त्री पाण्डेले समाजमा आर्थिक सामाजिक रूपमा पछाडि परेका वर्गको सशक्तिकरण र विकासका लागि विषेश संरक्षण गर्दै समतामुलक समाज निर्माण गर्ने संवैधानिक प्रावधान अनुसार गण्डकी प्रदेश सरकारले दीर्घकालिन पुन:स्थापना केन्द्र सञ्चालन कार्यविधि २०८२ स्वीकृत गरी कार्यन्वयनमा ल्याइएको बताउनु भयो ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेश प्रेस रजिस्ट्रार बिमला भण्डारी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।