जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

पोखरामा आजदेखि कोटीहोम महायज्ञ सुरु

मधु पन्थी, पोखरा ।

पर्यटकीय नगरी पोखरामा २०८२ बैशाख १७ गतेदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ सुरु भएको छ ।

मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा महायज्ञ औपचारिक रुपमा सुरु भएको हो । महायज्ञमा निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलाशानन्द गिरिजी महाराजले बिहान ७ बजेर २७ मिनट जाँदा हवानादी कार्यको विधिवत शुभारम्भ गरी महायज्ञ औपचारिक रुपमा शुरु गर्नुभएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै महायज्ञको विधिवत रुपमा शुरु गरिएको कोटिहोम महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिनुभयो । बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका अनुसार बैशाख १९ गते कोटीहोम महायज्ञमा हवनात्मक कार्यक्रको प्रारम्भ हुनेछ । सोहि दिन बिहान ६ बजेर ४५ मिनेटमा अग्नी मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नी प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्नीमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नी कुण्डमा आह्ति प्रदान गरी कोटीहोमको प्रारम्भ हुने उहाँलले जानकारी दिनुभयो । महायज्ञमा १ सय ओटा हवन कुण्ड रहेका छन् ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ । वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड खनी महयज्ञ स्थलमा दैनिक रुपमा कथा वाचन हुदै आएको छ ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञमा कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिनुभयो ।

महायज्ञ स्थलमा विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको मुल आयोजक समितिका निर्देशक शङ्कर खरालले जानकारी दिनुभयो ।

Share the News

Recent News

Related News