जनचासो

२०८२ जेष्ठ १८ गते
00: 00: 00
२०८२ जेष्ठ १८ गते

खेलकुद महासङ्घ कोशी अध्यक्षमा कोइराला निर्वाचित

विराटनगर । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ ।

दमकमा २०८२ जेठ १५ गते सम्पन्न महासङ्घको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी निर्वाचित हुनुभएको महासङ्घका केन्द्रीय सचिव विप्लव घोषले जानकारी दिनुभयो ।

घोषले नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको बताउनु भयो ।

त्यस्तै, अधिवेशनलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासङ्घले जनस्तरबाट उठ्ने खेलकुद क्षेत्रका एजेण्डा र खेलक्षेत्रको उत्थानको लागि कार्य गर्न निर्देशन दिनुभएको थियो ।

बस्नेतले महासङ्घ एमालेको जनसङ्गठन समेत भएकोले सङ्गठनमा आवद्धहरूले खेलक्षेत्रमा कार्य गर्दै पार्टीको नीति र नेतृत्वको रक्षा र प्रचारमा लाग्नु पर्ने बताउनु भएको थियो ।

अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

Related News