जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

तीनकुने घटनाको न्यायिक छानबिन आवश्यकः खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिनको माग गर्नु भएको छ ।

समाजवादी प्रेस सङ्गठन झापाले २०८१ चैत २६ गते विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्मानित नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकाङ्क्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा राख्नु भएको छ ।

“एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन ।”-पूर्वप्रधानमन्त्री खनालले भन्नु भयो-“घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।” उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उहाँको भनाइ छ ।

Share the News

Recent News

Related News