जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण

विराटनगर । रतुवामाई नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवाले मृतक सेयर सदस्यको परिवारलाई बिमा बापतको ३ लाख रुपियाँको चेक र संस्थागत राहत कोषबाट ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

सहकारीले २०८२ जेठ मृतक सेयर सदस्य धानकुटी देवी ताजपुरियाको घर पुगेर हकवाला बुहारी सिर्जना ताजपुरियालाई बिमा बापतको चेक र राहत कोषको रकम हस्तान्तरण गरेको हो ।

सहकारीले साना कृषि सहकारी केन्द्रीय संघको सहायतामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा गरिएको ऋणसँग सम्बन्धित म्यादी जीवन बिमा क्षतिपूर्ति बापतको ३ लाख रुपियाँको चेक हस्तान्तरण गरेको सहकारीका मुख्य प्रबन्धक ऋषिकुमार ढकालले जानकारी दिनु भयो ।

उहाँले मृतक ताजपुरियाले २०८१ साल फागुनमा गर्नु भएको ऋणसँग सम्बन्धित म्यादी जीवन बिमाबापतको रकमको चेक र राहत कोषको नगद मृतकको परिवारको उपस्थितिमा हकवाला बुहारीलाई संस्थाका अध्यक्ष द्रोणबहादुर पौडेल, रतुवामाई नगरपालिका-७ का वडाध्यक्ष राम कार्कीलगायतले हस्तान्तरण गरेको बताउनु भयो । सेयर सदस्य ताजपुरियाको वैशाख २५ गते निधन भएको थियो।

Share the News

Recent News

Related News