जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी आयोजना उद्धघाटन

रुद्रबहादुर खडका, सिन्धुली ।

सुनकोशी गाउँपालिकाकै गौरवको आयोजनामा पर्ने वृहत नाङ्गेडाँडा पम्पिङ खानेपानी आयोजनाको उद्धघाटन भएको छ । सङ्घीय सरकारको खानेपानी मन्त्री प्रदिप यादवले सुनकोशी गाउँपालिका-५ मुल्कोटमा आयोजित कार्यक्रममा खानेपानी आयोजनाको उद्धघाटन गर्नु भएको हो ।

खानेपानी आयोजनाको उद्धघाटन गर्दै मन्त्री यादवले सबै नागरिकलाई स्वच्छ, शुद्ध पिउने पानी उपलब्ध गराउने मुख्य दायित्व पूरा गर्न मन्त्रालय गम्भीर भएर लागेको बताउनु भयो । सो अवसरमा उहाँले सुनकोशी गाँउपालिकाको सबै वडाहरुका नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्‍याउनको लागि आगामी वर्ष ०८२/०८३ मा थप बजेट व्यवस्थापन गरिने समेत बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले जनताको मेहनतले नाङ्गेडाँडा वृहत पम्पिङ खानेपानी आयोजना सञ्चालन गरिएको बताउनु भयो । उहाँले जिल्लाका धेरै ठाउँमा ठूला खानेपानी आयोजना बनाउनु पर्ने आवश्यकता रहेको चर्चा गर्नु भयो ।

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले एक घर एक धारा अभियान अनुसार सबैको घरमा खानेपानी पुर्‍याउन अन्य आयोजनहरुका लागि खानेपानी मन्त्रीसँग बजेट माग गर्नु भयो । करिब ३४ करोड २४ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट सुनकोशी गाँउपालिकाको वडा नम्बर ५ र ६ का झण्डै ३ हजार स्थानीय लाभन्वित भएका छन् ।

Share the News

Recent News

Related News