रुद्रबहादुर खड्का, सिन्धुली ।
मरिण गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा २०८२ साल जेठ २२ गते स्थानीय तह र मानव अधिकार विषयक १ (एक) दिने प्रशिक्षण कार्यक्रम मरिण गाउँपालिकामा सम्पन्न भएको छ ।
यो प्रशिक्षण कार्यक्रममार्फत स्थानीय तहमा नेपालको संविधान २०७२ ले राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन वमोजिम कार्य गर्ने उल्लेख गरेको छ । यसले स्थानीय तहमा मानव अधिकार र विकास, वातावरण, सुशासन र स्थानीय तहमा नागरिकको सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
कार्यक्रममा गाउँपालिकाका ८० जनाको सहभागिता रहेको थियो । जनप्रतिनिधिहरु, नागरिक समाज र कर्मचारीहरुलाई मानव अधिकार सम्बन्धि प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख एवम् उपसचिव पवनकुमार भट्टले स्थानीय तहले कसरी स्थानीय तहमा मानव अधिकारलाई सुनिश्चित गर्न सकिने बताउनु भयो ।
मरिण गाउँपालिका उपाध्यक्ष विमला माझीले मानवअधिकारको संरक्षणका लागि कानुन कार्यान्वयन महत्वपूर्ण र अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले सेवाप्रदायक निकायले सेवाग्राहीलाई प्रदान गरेको सेवाबाट नै स्थानीय तहको मूल्याङ्कन हुने भएकाले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीले मानव अधिकारमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले मानवअधिकारको संरक्षणका लागि मरिण गाउँपालिका सदैव लागि परेको बताउनु भयो ।