जनचासो

२०८२ जेष्ठ २३ गते
00: 00: 00
२०८२ जेष्ठ २३ गते

गोलन्जोरमा मानवअधिकार प्रशिक्षण  

सिन्धुली । गोलन्जोर गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा २०८२ साल जेठ १९ गते स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम गोलन्जोर गाउँपालिकामा सम्पन्न भएको छ ।

यो प्रशिक्षण कार्यक्रममार्फत स्थानीय तहमा नेपालको संविधान २०७२ ले राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम कार्य गर्ने उल्लेख गरेको छ ।

यसले स्थानीय तहमा मानव अधिकार र विकास, वातावरण, सुशासन र स्थानीय तहमा नागरिकको सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।

प्रशिक्षणमा गाउँपालिकाका ६० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जन प्रतिनिधिहरु, नागरिक समाज र कर्मचारीहरुलाई मानव अधिकारसम्बन्धी प्रशिक्षण दिइएको हो ।

कार्यक्रमममा गोलन्जोर गाउँपालिका अध्यक्ष शङ्करराज बरालले मानव अधिकारको धेरै महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो ।

उहाँले हरेक नागरिकले आफनो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हनन् नगर्न, सबैले अधिकार र कर्तव्य प्रति जिम्मेवार हुन र मानवअधिकारसम्बन्धी सचेतनामुलक कार्याक्रममार्फत आम नागरिकलाई सुसूचित गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक ज्वालाप्रसाद न्यौपानेले मानव अधिकारको विषय बृहत रहेको बताउनु भएको थियो ।

वहाँले नेपालको संविधानमा पनि थुप्रै मानव अधिकारका व्यवस्थाहरु रहेको र अन्तराष्ट्रिय महासन्धिले पनि विषयगत मानव अधिकारका सवाललाई सम्वोधन गरेको बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सदैव तत्पर रहेको बताउनु भयो ।

गाउँपालिकामा नेपाल सरकारको मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजना संयन्त्र यथाशीघ्र गठन गरिने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका प्रशिक्षकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख एवम् उपसचिव पवनकुमार भट्ट र मानव अधिकार अधिकृत रविना घिमिरेलगायतले मानवअधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय सरकारको भुमिका, महिला अधिकार र लैङ्गिक विभेद, मेलमिलाप र स्थानीय न्यायिक समितिको भूमिका तथा सङ्क्रमणकालिन न्याय र मानव अधिकारको अवस्थाको बारेमा सहजीकरण गर्नु भएको थियो ।

Share the News

Recent News

Related News