रुद्रबहादुर खड्का, सिन्धुली ।
हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा २०८२ साल जेठ २३ गते हरिहरपुरगढी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
यो अभिमुखीकरण कार्यक्रममार्फत स्थानीय तहमा नेपालको संविधान २०७२ ले राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम कार्य गर्ने उल्लेख गरेको छ ।
यसले स्थानीय तहमा मानव अधिकार र विकास, वातावरण, सुशासन र स्थानीय तहमा नागरिकको सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । यस कार्यक्रममा गाउँपालिकाको १ सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँ कार्यपालिकाका ज्येष्ठ सदस्य सुन्तली राईले मानव अधिकारको सवालहरु स्थानीयस्तरसम्म पुर्याउन र न्याय सम्पादनका लागि यो अभिमुखीकरण प्रभावकारी हुने बताउनु भएको थियो ।
उहाँले हामीलाई मानव अधिकारको बारेमा जानकारी भएपनि कर्तव्यको वारेमा समेत जानकारी गराएको हो। यस कार्यक्रमले आवाजविहिन तथा आदिवासि जनजातीको मानव अधिकार संरक्षण गर्न टेवा पुग्ने छ भन्नु भएको थियो ।
मानव अधिकार अभिमुखीकरण कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराले हरिहरपुरगढी गाउँपालिका मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सदैव तत्पर रहेको र आमनागरिको मानव अधिकार संरक्षणको लागि स्थानीय सरकार गम्भीर रहनु पर्ने बताउनु भयो ।
उहाँले आगामी वर्षको बजेट तजुमा गर्दा लैङ्गिकमैत्री र सिमान्तकृत तथा वहिष्करणमा परेका वर्ग समुदायको मानव अधिकारलाई प्राथमिकतामा राख्ने कुरामा जोड दिनु भएको थियो । स्था
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका प्रमुख एवम् उपसचिव पवनकुमार भट्ट र मानव अधिकार अधिकृत रविना घिमिरेलगायतले प्रशिक्षण दिनु भएको थियो ।