जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

मच्छिन्द्रनाथको रथयात्राको नरिवल खसाल्ने दिन विदाको घोषणा

ललितपुर । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्राको नरिवल खसाल्ने दिनको अवसरमा २०८२ बैशाख २६ गते स्थानीय विदा दिने निर्णय गरेको छ।

महानगरपालिकाको २०८१ बैशाख १८ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार भोलिका लागि विदा दिने निर्णय गरेको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालक लामो र ऐतिहासिक सांस्कृतिक रथयात्रा मानिने मच्छिन्द्रनाथको रथयात्रामा परम्परागत धार्मिक तथा सामाजिक सहभागिता रहने हुँदा नागरिकको उपस्थिति र परम्परा संरक्षणलाई ध्यानमा राखी विदा दिन लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ।

विदा सम्बन्धी जानकारीका लागि महानगरपालिकाले आधिकारिक सूचना जारी गरेको हो ।

ललितपुर महानगरपालिकाको वेभसाइट हेर्नुहोस्

Share the News

Recent News

Related News