ललितपुर । यही जेठ १० गते हुने वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको तयारी पूरा भएको छ । ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिरबाट दौड सुरु हुनेछ ।
गत वर्ष पनि भएको दौडमा यस वर्ष नेपालकोसहित विश्वका ११० सहरमा एकै दिन यो हाफ म्याराथन हुन लागेको हो ।
हिरो लिगद्वारा हुने दौडमा नेपालले सहभागिता जनाउने थालेको हो । दौड चार इभेन्टमा हुनेछ । २१.१ किमि, १० किमि, ५ किमि र १ किमिमा हुने दौडको रुट ललितपुरको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थल रहेको छ ।
दौडमा बालबालिकादेखि ज्येष्ठ नागरिकसहित सबै उमेरका धावकलाई सहभागी हुने मौका प्रदान गरिने जनाइएको छ । नेपालमा यो दौड एनआरएस स्पोट्र्स फाउन्डेसनले आयोजना गर्न लागेको हो ।