जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

सुनको भाउ आज पनि स्थिर, चाँदीको घट्यो

ललितपुर । आज पनि सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजो जस्तै तोलाको १ लाख ७४ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

गएको चैत १ गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपियाँ पुगेको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको २ हजार ४० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको २ हजार ४५ रुपियाँ रहेको थियो ।

Share the News

Recent News

Related News