जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

विद्यालय खोल्न गोदावरी नगरपालिकाले जारी गर्‍यो सूचना

ललितपुर । गोदावरी नगरपालिकाले आन्दोलनरत शिक्षकलाई आन्दोलन छाडेर विद्यालयमा उपस्थित भई पठनपाठन गराउन सूचना जारी गरेको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले २०८२ बैशाख १२ गते सूचना जारी गर्दै यही बैशाख १५ गतेबाट नियमित पठनपाठन गराउन भनेको हो ।

‘नेपालको संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको व्यवस्था सर्वबिदितै छ ।’- सूचनामा भनिएको छ ।

विद्यालय शिक्षा विधेयक जारी गर्ने मागसहित २०८१ चैत २० गतेदेखि सञ्चालित शिक्षक आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित बनेको विद्यालय सञ्चालनका सन्दर्भमा बैशाख ११ गते सर्वोच्च अदालतले तीनदिनभित्र विद्यालय सञ्चालन गर्न सरकार र आन्दोलनरत शिक्षकलाई आदेश दिएको थियो ।

Share the News

Recent News

Related News