जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण

ललितपुर । भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।

यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो । यिनै चार टिमको संयुक्त प्रशिक्षण शिविरसमेत सम्पन्न भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिनु भयो ।

प्रशिक्षण अप्रिल ८ देखि १० तारिख तथा प्रतियोगिता अप्रिल ११ देखि १३ तारिखसम्म भएको थियो । नेपालका सात जना खेलाडी फाइनल पुगेकोमा चार जनाले स्वर्ण जित्न सफल भएका अवालेल बताउनु भयो ।

Share the News

Recent News

Related News