ललितपुर । श्रमिकहरूको ऐतिहासिक चाड अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् मे दिवसको अवसरमा पेसागत महासङ्घ नेपाल (कोनेप)का साझा हक, अधिकार र मागप्रति ऐक्यबद्धता जनाउँदै श्रमिक आन्दोलनप्रति पूर्ण समर्थन व्यक्त गर्नु भएको छ ।
प्रमुख श्रमिक सङ्गठनका नेता समेत रहनु भएका खनालले मे दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपालसहित विश्वभर रहेका सम्पूर्ण श्रमिकलाई श्रमिक एकताको सन्देश दिनु भएके हे । उहाँले सन्देशमा मे दिवसको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै शिकागोका श्रमिकहरूले गरेको त्याग, बलिदान र सङ्घर्षबाट आजको दिनलाई प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताउनु भएको छ ।
अध्यक्ष खनालले यस वर्षको मे दिवसको सन्दर्भमा नेपालमा भइरहेका विभिन्न श्रमिक आन्दोलनहरूको समर्थन गर्दै शिक्षक, चिकित्सक, निजामती तथा स्थानीय तहका कर्मचारीहरूले उठाएका मागहरूको तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।
विश्व ट्रेड युनियन महासङ्घको प्रेसिडेन्सियल काउन्सिल सदस्य समेत रहनु भएका खनालले विश्वभर श्रमिक आन्दोलनको सशक्त प्रतिनिधित्व गर्दै आउनु भएको छ । उहाँले श्रमिक आन्दोलनहरूलाई सफल बनाउने आधारको रूपमा ट्रेड युनियनबिचको एकतालाई विशेष रूपमा जोड दिनु भएको छ ।
उहाँले भन्नु भयो-“आजको मे दिवसले सबै पेशागत युनियन, श्रमिक सङ्गठनहरू र आन्दोलनरत समूहहरूलाई एक ठाउँमा ल्याएर साझा अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न प्रेरणा प्रदान गर्नुपर्छ ।