विराटनगर । नेपाल उद्योग परिसङ्घ (सीएनआई) कोशी प्रदेश समितिले प्रदेशमा सरुवा भएर आउनुभएका कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्की र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजीव सिंहलाई स्वागत गरेको छ ।
सीएनआई कोशीले २०८२ जेठ ६ गते विराटनगरस्थित सचिवालयमा स्वागत कार्यक्रम गर्दै डिआइजी कार्की र निर्देशक सिंहलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै सीएनआई कोशीका अध्यक्ष पवनकुमार सारडाले डिआइजी कार्कीलाई सीमा-नाकामा कडाई तथा अवैध कारोबार निरुत्साहित गर्ने गरी कार्य गर्न सुझाव दिनुभएको थियो ।
सारडाले कोशी पर्यटनमा सम्भावना भएको प्रदेश भएकोले भारतबाट आउने पर्यटकहरूलाई सहजीकरण गर्न समेत प्रहरीले भूमिका खेल्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले डिआइजी कार्की र निर्देशक सिंहलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त भएर विचलित नभई कार्य गर्न अनुरोध गर्नुभएको थियो ।
त्यस्तै, डिआइजी कार्कीले प्रदेशमा सबै क्षेत्रको सल्लाह-सुझाव अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्कीले पर्यटकका सहजीकरणका प्रहरीले प्रदेशका सात पर्यटकीय गन्तव्यमा हेल्प डेस्क खडा गरेर काम गरिरहेको जानकारी दिनु भएको थियो ।
स्वागत कार्यक्रममा सीएनआई कोशीका प्रमुख सल्लाहकार महेश जाजु, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले दुवै अधिकारीलाई सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको सीएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले जानकारी दिनु भयो।