लोकतन्त्रले आम नागरिकको आत्मविश्वास बढाएको नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार शिव गाउँलेले बताउनु भएको छ । उहाँले शासनको स्रोत आफैँ भएको महसुस गरेको पनि बताउनु भएको छ ।
लोकतन्त्रमा थुप्रै समस्या भएपनि अम नागरिकको राज्य संयन्त्रमा सहभागिताको हैसियत नागरिकका रुपमा रहेको वरिष्ठ पत्रकार गाउँलेको भनाइ छ । यद्यपी उहाँले अहिलेको व्यवस्थालाई लोकतन्त्र भन्दा पनि नेतातन्त्रको रुपमा रहेको भन्दै सच्चिन र त्रुटिलाई सच्याउन आग्रह गर्नु भयो ।
पुरानो व्यवस्था ठिक थियो भनेर नागरिकलाई दिग्भ्रमित नगर्न आग्रह गर्दै उहाँले नेतातन्त्र र पार्टीतन्त्रको समुल अन्त्य गरी लोकतन्त्र स्थापना गर्न आम नागरिकलाई अनुरोध गर्नु भएको छ । उहाँ हाल अनलाइनखबरको प्रधानसम्पादक समेत हुनुहुन्छ ।
सत्तालिप्सा छाडेर सहकार्य, स्वार्थ छाडेर सपना र समृद्धि, विवाद छाडेर संवाद कायम गर्न सकेमा लोकतन्त्रमा अवश्य पनि लोकको जय हुने उहाँको भनाइ छ ।
२०६२/०६३ सालमा १९ दिनसम्म नागरिकहरू आन्दोलनमा होमिएपछि २०६३ साल वैशाख ११ गते लोकतन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
राजा ज्ञानेन्द्रबाट २०५९ असोज १८ गते र २०६१ माघ १९ गते प्रजातन्त्रलाई निमोठ्ने काम भएपछि मुलुक लोकतन्त्र स्थापनाका लागि आन्दोलित भएको थियो ।