जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

मानव अधिकार आयोगको भूमिकामाथि प्रश्न उठाउँदै द्वन्द्वपीडितको धर्ना

ललितपुर । सशस्त्र द्वन्द्वका पीडितहरुले मानव अधिकार आयोगको भूमिकामाथि प्रश्न उठाउँदै २०८२ बैशाख २८ गते आयोगको केन्द्रीय कार्यालय, पुल्चोकमा धर्ना दिएका छन् ।

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन बनाइएका दुई ओट्टा आयोग- सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सिफारिस समिति सदस्य लीली थापाको कार्यसम्पादनमा प्रश्न उठाउँदै र सिङ्गो आयोगको भूमिकाप्रति असन्तुष्टी जनाउँदै उनीहरुले आयोगमा धर्ना दिएको बताएका छन् ।

सिफारिस समितिकी सदस्य थापाले दलगत रुपमा नामहरु सिफारिस गरेको आरोप लगाउँदै पीडितहरुले आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।

आफूहरुका माग सम्बोधन नभए कार्यालयमा ताला लगाउने तथा समानान्तर सत्यनिरुपण आयोग बनाएर आगाडि बढ्ने पीडितहरुले बताएका छन् ।

सिंहदरबारमा सिफारिस समितिको बैठक बसिरहेका बेला पीडितहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने देखावटी आयोग नमान्ने चेतावनी दिँदै आएका छन् ।

केहीदिन अघिमात्रै द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले दलीय भागबण्डा नभइ निष्पक्ष एवम् पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पंमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुषपकमल दाहाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Share the News

Recent News

Related News