जनचासो

२०८२ जेष्ठ ११ गते
00: 00: 00
२०८२ जेष्ठ ११ गते

पोखरामा प्रचण्डसँग अधिकारकर्मीको छलफल

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा क्रियाशिल नागरिक समाजका अगुवाद्वारा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग २०८२ जेठ १० भेटघाट गरी मानव अधिकार र सङ्क्रमणकालीन न्यायका विषयमा छलफल भएको छ ।

छलफलमा मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष एवम् चासोकर्मी मधु पन्थी, नागरिक समाजका अगुवा एवम् वरिष्ठ मानवअधिकारकर्मी विष्णुप्रसाद बराल र इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल लगायतको सहभागिता रहेको थियो ।

छलफलमा दाहालले समृद्ध मुलुक निर्माणका लागि र समाजको सकारात्मक रुपान्तरणका लागि मानवअधिकारका विषयमा नागरिक समाजसँग एकाकार भएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा नागरिक समाज र द्वन्द्व पीडितले उठाएका मुद्दामा आफट् गम्भीर रहेको बताउँदै पीडितलाई अन्यायमा पर्न नदिने दोहोर्‍याउनु भयो ।  

छलफलमा पूर्वमन्त्री एवम् माओवादी नेता दीनानाथ शर्मासमेत सँगै सहभागी हुनुहुन्थ्यो ।

Related News