जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

चिल्ड्रेन नेपालको सामाजिक परीक्षण

मधु पन्थी, पोखरा ।

बालअधिकार, शिक्षा,कृषि, वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील संस्था चिल्ड्रेन नेपाल पोखराले आर्थिक वर्ष २०८०/८१ का गतिविधिको सामाजिक परीक्षण २०८२ जेठ ७ गते पोखरामा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जीसीले चिल्ड्रेन नेपालले आफ्ना क्रियाकलापहरु प्रभावकारी रूपमा गरिरहेको उल्लेख गर्दै आगामी दिनमा संस्थासँग अझै घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहजकर्ता तथा एभरेस्ट एफएमका प्रमुख दीपेन्द्र श्रेष्ठले संस्थाले सो अवधिमा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र सिकाइका बुँदाहरूको विस्तृत प्रस्तुति गर्नुभयो ।

संस्थाका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य भीमलाल गुरुङले संस्थाको लामो यात्रामा हासिल गरिएको अनुभव र सफलताबारे बोल्नु भयो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले चिल्ड्रेन नेपालले स्थानीय सरकारसँग सहकार्य गर्दै बालमैत्री तथा अर्गानिक कृषि, वाताबरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रमुख/प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, अभिभावक, बालबालिका लगायत ६६ जनाको उपस्थिति रहेको थियो ।

सहभागीहरूले चिल्ड्रेन नेपालका कार्यक्रमहरू पारदर्शी, उत्तरदायी र समुदायमुखी रहेको बताएका थिए । चिल्ड्रेन नेपालले सामाजिक परीक्षण मार्फत आफ्ना कामकाजमा सार्वजनिक निगरानी सुनिश्चित गर्दैसरोकारवालाको सशक्त सहभागिता कायम राख्दै आएको छ ।

चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा र कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले स्वागत मन्तव्य राख्दै सामाजिक परीक्षणको उद्देश्य र महत्त्वबारे जानकारी गराउनु भयो।

Share the News

Recent News

Related News