मधु पन्थी, पोखरा ।
श्रमिक बालबालिकाहरुको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन-नेपाल) पोखराको नवौँ अधिवेशन २०८२ जेठ १० गते पोखरामा सम्पन्न भएको छ ।
अधिबेशनबाट शान्त पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसमा निवर्तमान अध्यक्ष भिमलाल गुरुङ, उपाध्यक्ष बिजय कुमार कार्की, महासचिव जयन्द्र भट्टराई, कोषाध्यक्ष कुलप्रसाद पौडेल, सचिव कृष्णप्रसाद खराल रहनु भएको छ भनेसदस्यहरूमा टेकबहादुर बिक, शान्ता देबि दर्जी प्यासी, लिलमान पुन, सबिना आचार्य बास्तोला, मिना भण्डारी चयन हुनु भएको छ ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संस्थाको विगत तीन वर्षको गतिविधि, मुख्य उपलब्धि, चुनौतीहरू तथा आगामी कार्ययोजनाबारे सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनमा चिल्ड्रेन नेपालको स्थापना देखि हालसम्म निरन्तर रूपमा सक्रिय रहेर संस्थालाई अगाडी बढाउन विशेष योगदान पुर्याउनु भएकोमा संस्थाका संस्थापक तथा निबर्तमान अध्यक्ष श्री भिमलाल गुरुङलाई संस्थाको संरक्षकको सम्मानबाट सम्मानित गरिएको छ ।