ललितपुर । ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिनुभएका क्यान्सर पीडित कलाकार घनश्याम गौतमको निधन भएको छ।
लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहनु भएका गौतमको निधन २०८२ जेठ १९ गते भएको हो ।
पारिवारिक स्रोतका अनुसार उहाँ भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो ।
‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यङ्ग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आउनु भएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आउनु भएको थियो ।