रुद्रबहादुर खड्का, सिन्धुली ।
सात वर्ष अगाडि भीषण वर्षातका कारण भिमान खोलमा आएको बाढीले कुलो बगाएपछि सयौँ किसानहरुको खेतियोग्य जमीन सिञ्चाई गर्न नपाउँदा कृषकहरुले लगाएको अन्नबालि यतिखेर सुकेर गएको छ ।
जलस्रोत सिञ्चाई विकास डिभिजन कार्यालय सिन्धुलीको सहयोगमा कमलामार्इ नगरपालिका वडा नं. ९ स्थित कमला सुके जल उपभोक्ता समितिमार्फत निर्माण गरिएको अन्डर ग्राउन्ड कुलो बगाएपछि यहाँ समस्या भएको हो ।
स्थानीय, प्रदेश र सङ्घिय सरकार आएको आठ वर्ष पुरा भइसक्दा पनि यो समस्या समाधान नहुँदा भीमान क्षेत्रका कृषकले सास्ती व्यहोरेका हुन् ।
हरेक वर्ष विभिन्न प्रकारका नयाँ योजनाहरु छनौट हुँदै गर्दा यस्तो प्रकारको कृषकको समस्याको रुपमा रहेको यो सिचार्इ योजनालाई बजेट प्राथमिकतामा नपार्दा जनप्रतिनिधीहरुको कार्यशैली प्रति नै शङ्का गर्ने ठाउँ प्रशस्तै छ ।
त्यसैगरी कमलामार्इ नगरपालिका वडा नं ९ स्थित कमला सुके जल उपभोक्ता समिति अन्तर्गत भीमान खहरेको कुलो निर्माण गर्नुपर्ने योजना अलपत्र परेकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गर्दै आक्रोश व्यक्त गरेका छन् ।
निर्माणको लागि सम्बधित निकायसँग माग गरेको भए पनि सुनुवार्इ नभएको कृषकहरुको गुनासो छ ।-‘यस्तो महत्वपूर्ण योजना योजना किन प्राथमिकतामा पर्दैन ?’
सात वर्षदेखि बथानचौडी र कोरुङखोलाका जमीनहरूमा सिञ्चाईको सेवा नपुगेको बताउँदै स्थानीयले पानी पर्ना साथ भीमान खहरेमा बाढी आउने र कुलो बगाएर लगिरहने चिन्ता व्यक्त गरे । यसपालि वर्षातको सुरुआतमा नै १० पटक जेसिबी लगाइसकिएको स्थानीयले बताए ।
बागमती प्रदेश सभाका सदस्य मातृका भट्टरार्इ निर्वाचित भएको तीन वर्ष पुरा भइसक्दा पनि यहाँको कुलोका बारेमा बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । यस कुलोबाट ४० बिगाहा जति जमीनमा सिञ्चाई हुने बताइन्छ ।