जनचासो

२०८२ जेष्ठ २३ गते
00: 00: 00
२०८२ जेष्ठ २३ गते

बागमती प्रदेशसभाबाट दुई ओटा विधेयक पारित

हेटौँडा । बागमती प्रदेशसभाले २०८२ जेठ १९ गतेको बैठकबाट २ वटा महत्त्वपूर्ण विधेयकहरू सर्वसम्मत पारित गरेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको सोमबार दिउँसो बसेको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मत रूपमा पारित भएका हुन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले दुवै विधेयकहरू सभामा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको हो ।

यसअघि प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले ती विधेयकका प्रतिवेदन माथि  दफावार छलफलका लागि प्रदेशसभा बैठकमा पेस गर्नु भएको थियो ।

बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । ती दुवै विधेकहरु माथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जबाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालनमा रहेका उद्योग र व्यवसायहरूलाई सशक्त रूपमा अगाडि बढाउन मद्दत पुग्ने दावी गर्नु भयो ।

ती विधेयकमार्फत प्रदेशमा देखिएका केही कानुनी जटिलता समाधान भई उद्योगी व्यवसायीका लागि सहज वातावरण सिर्जना हुने उनले विश्वास व्यक्त गर्नु भयो ।

छलफलपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयक पारित गर्न प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्नु भएको थियो ।

Share the News

Recent News

Related News