ललितपुर । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । लामो समयदेखि जनमत सर्वेक्षणमा पछि परे पनि यो जित लेबर पार्टीका लागि एक चमत्कारपूर्ण भएको समाचारहरूमा जनाइएको छ ।
देशमा बढ्दो महङ्गीको सङ्कटले मतदाता नराम्ररी प्रभावित भइरहेका बेला उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
देशको सार्वजनिक प्रशारक अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) ले २०८२ बैशाख २० गते शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको आधा घण्टापछि नै एल्बानेजको जीत घोषणा गरेको छ ।
यो पिटर डटन नेतृत्वको विपक्षी दलको लागि स्पष्ट पराजय हो । उहाँ वर्तमान अवस्थाप्रतिको असन्तुष्टिको लहरलाई सदुपयोग गर्दै चुनावमा उत्रिए पनि प्रचारका क्रममा भएका अनेकौं गल्तीहरू र राष्ट्रपति ट्रम्पको सन्देश तथा नीतिसँग जोडिएको छविका कारण कमजोर देखिएको समाचारमा जनाइएको छ ।
डटनले सन् २००१ देखि जित्दै आएको क्विन्सल्याण्डको किल्लामासमेत पराजय व्यहोर्नु परेको छ ।