जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

शिल्पी समुदायमा राष्ट्रिय औसतभन्दा सबै सूचकाङ्क कमजोर

ललतिपुर । नेपालमा शिल्पी (दलित)को साक्षरता दर समग्रभन्दा झण्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८२ बैशाख २८ गते सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित समुदायको साक्षरता दर ६७ दशमलव ४ प्रतिशत मात्रै रहेको पाइएको हो ।

राष्ट्रिय जनगणना २०७८ मा आधारित यस प्रतिवेदन अनुसार देशको समग्र साक्षरता दर भने ७६ दशमलव २ प्रतिशत रहेको छ ।

यस्तै नेपालमा ५ देखि २५ वर्षसम्मको कुल जनसङ्ख्याको ८ दशमलव १ प्रतिशत व्यक्ति कहिल्यै विद्यालय नगएकामा दलिततर्फ यही उमेर समूहमा १३ दशमलव १ प्रतिशत जनसङ्ख्या कहिल्यै विद्यालय नगएको पाइएको छ ।

सो प्रतिवेदन अनुसार पाँचदेखि २५ वर्ष उमेर समूहका दलित महिलामध्ये ३१ दशमलव ६ प्रतिशत विद्यालय गएकै छैनन् ।

यस्तै नेपालमा समग्र बालविवाह दर १४ दशमलव १ प्रतिशत रहेकोमा दलित जातजातितर्फ बालविवाह दर २२ प्रतिशत रहेको पाइएको छ ।

दलित समुदायमा राष्ट्रिय औसतभन्दा अपाङ्गता दर, औसत आयुलगायतका सूचकहरू पनि कमजोर रहेको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको १३ दशमलव ४ प्रतिशत जनसङ्ख्या दलित जातजातिको रहेको छ ।

पहाडी दलिततर्फ पाँच ओटा जाति र तराई दलित समूहभित्र १७ ओटा जाति सूचीकृत रहेका छन् ।

Share the News

Recent News

Related News