विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा २०८१ चैत २६ गते सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताउनु भएको छ ।
उहाँले भन्नु भयो-‘राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार गरिनँ । राज्यको सेवा सुविधा लिएका र सविधानको संरक्षक भएका व्यक्ति राजनीतिमा सक्रिय हुनु राम्रो भएन ।’
अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्दा उपयुक्त हुने समेत बताउनु भयो ।