जनचासो

२०८२ जेष्ठ २४ गते
00: 00: 00
२०८२ जेष्ठ २४ गते

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार विजय

नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ मा शानदार जित दर्ता गरेको छ ।

आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो ।

त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा २०८२ जेठ २१ गते राति नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै शानदार जित निकालेको हो ।

यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो। 

लिग–२ को त्रिकोणात्मक शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई दोस्रो पटक हराएको हो।

सन् २०२४ को फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गर्दा एक खेलमा हार भोगेको थियो ।

 स्कटल्यान्डमा जेठ २१ गते भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बलअगावै चार विकेटको क्षतिमा भेट्टायो । 

Share the News

Recent News

Related News