जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

द्वन्द्वपीडितको बहिष्कारका बिच गठित आयोगका पदिधारीलाई कार्यक्रममा पनि ‘बहिष्कार’ !

ललितपुर । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरूको स्मृति र उनीहरूको न्यायको खोजीमा केन्द्रित ‘बेपत्ता नागरिक र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रम २०८२ जेठ ७ गते काठमाडौँमा सम्पन्न भएको छ।

कार्यक्रममा द्वन्द्वपीडित परिवारका सदस्य, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवालगायतको सहभागिता थियो ।

उनीहरूले शान्ति प्रक्रियामा बेपत्ता पारिएका नागरिकहरूको मुद्दा अझै पनि उपेक्षित रहँदै आएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसमक्ष माग गरे ।

सहभागीहरूका अनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगले वर्षौं बित्दा पनि पीडितले न्याय पाउन नसकेको अवस्था गम्भीर चिन्ताको विषय हो ।

कार्यक्रममा द्वन्द्वका क्रममा बेपत्ता बनाइएका व्यक्तिहरूका तस्बिरहरू राखी उनीहरूको स्मृतिमा माल्यार्पणसमेत गरिएको थियो।

वक्ताहरूले शान्ति प्रक्रिया अपुरो रहेको र सङ्क्रमणकालीन न्यायलाई सार्थक बनाउन राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए ।

राज्यद्वारा बेपत्ता परिवारले १६ औँ बेपत्ता दिवसको अवसरमा गरिएको‌ कार्यक्रममा दुई दिनअघि सपथग्रहण गरेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीलाई आयोजकले बोलाएनन् ।

द्वन्द्वपीडित समुदायको सङ्क्रमणकालीन न्यायका आयोग तथा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा प्रतिनिधिलाई निमन्त्रणा नगर्नुले पनि द्वन्द्वपीडितको आयोगप्रतिको दृष्टिकोण थप उजागर गरेको छ ।

नागरिक आयोग परामर्श समितिका संयोजक चरण प्रसाईंले दुवै आयोग गठनप्रतिको चरम असन्तुष्टिका कारण नागरिक आयोगको अवधारणा आएको कार्यक्रममा बताउनु भएको थियो ।

Share the News

Recent News

Related News